पाथीभराकाे परिचय

पाथीभरा १८ माघ २०८१ ६:४८

पाथीभरा (लिम्बु भाषामा – मुकुम् लुङ, fast form: मुकुम्लुङ, अर्थ : १) मुक = मानसिक र शारिरिक शक्ती; २) मुकुम्म = अग्नी ज्वाला, सर्वशक्तीमान, शक्तीको देवता, रण देवता, थेबा या थेवासाम देवताको अर्को नाम; ३) लुङ= ढुङगा, ढुंगाको मूर्ती या प्रतीमा, केन्द्र; ४) मुकुम्लुङ=सर्वशक्तीमान देवाताको प्रतिमा या सर्वशक्तीमान देवताको केन्द्र या मठ ) ताप्लेजुङ जिल्लामा रहेको एक प्रसिद्ध तीर्थस्थल हो । पाथीभरा लिम्बु जातिको आराध्या देवताको थान हो जसलाई हिन्दू एवं बौद्धहरूले समेत पुज्ने महत्त्वपूर्ण धार्मिक स्थल हो । यो ताप्लेजुङ जिल्लाको १२ हजार फिट उचाइमा रहेको छ । विश्‍वास आस्था एवं पवित्रताकी देवी पाथीभराको यो पवित्र स्थल ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङ्गलिङबाट १९.४ कि.मी. पूर्वोत्तरतर्फ ३७९४ मी.को उचाईमा अवस्थित छ । यहाँ फुङ्लिङ बजारबाट १ दिन पैदल हिँडेर पुगिन्छ । यो मन्दिरमा वर्षभरि भक्तजनहरूको घुइँचो लाग्‍ने गर्दछ । अन्नभरेको पाथीझैं सुन्दर, मनमोहक आकृति बोकेको पाथीभरा पहाडको शिखरमा (टुप्पोमा) देवीको उत्पतिस्थल रहेकोले यी देवीको नाम “पाथीभरा देवी” भनि श्रद्धा एवं भक्तिपूर्वक पुकारिन्छ। ताप्लेजुङ्गका रैथाने लिम्बू समुदायहरू पाथीभरालाई ” मुकुम्लुङ ” भनेर चिन्दछन । लिम्बू भाषामा “मुकुुम”को अर्थ शक्ति वा बल, “लुङ”को अर्थ ढुंगाको मूर्ती या प्रतीमा भन्ने जनाउँदछ। अर्थात लिम्बु जातिहरू पाथीभरालाई शक्ति वा बलको श्रोत वा बाटोको रूपमा प्रकट गर्ने गर्दछन ।