धार्मिक तथा पर्यटकीय गन्तव्य : ताप्लेजुङको पाथीभरा

विश्वको तेस्रो अग्लो हिमाल कञ्चन्जङ्घाको काखमा पाथीभराको सङ्गमलाई गुराँसले सजाउँदा डाँफे चरीले सुनमा सुगन्ध थप्छ । प्राकृतिक चाञ्चल्यतामा रमेको भक्ति मन अनि आस्थाकी देवीको दर्शन र भक्तिसँग पाथीभराको गन्तव्यमा मनमोहक कला छ ।

अलिकति लेकको यात्रा, उकालो बाटोको पैदल यात्रा । हाँसेको हिमालले पस्केको शीतलता । आडैको कञ्चनजङ्घामा पर्यटकलाई डाकिरहँदा व्यवस्थापनको प्रबन्धगत अभाव छ  । सुविधाको व्यवस्थापनसँग पर्यटकीय गन्तव्यको बेवास्था छ । हिन्दू धर्मावलम्बीको मात्र नभई किराँत, बौद्ध, शैव आदि धर्मावलम्बीको आ–आफ्नै श्रद्धाभाव गाँसिन्छ । पाथीभरालाई लिम्बू भाषामा ‘मुक्तुबुङ’ अर्थात् ‘मुक्तुको अर्थ शक्ति वा बल तथा बुङको अर्थ ‘बोट’ अथवा ‘शक्तिको स्रोत’का रूपमा चिनिन्छ । नेपालको प्रदेश नम्बर १ अन्तर्गत छिमेकी देश चीन र भारतलाई छुने जिल्ला ताप्लेजुङको आस्थाको केन्द्र हो– पाथीभरा । कान्छीथानदेखि नै ध्वजापताका, धागाको डोरोले सजिएको मन्दिरको विशाल परिवेशले भक्तिभावनालाई परिजागृत गर्छ । असत्य मन भयले काँप्छ । शक्तिको केन्द्र र इच्छापूर्ति गर्ने मनोवाञ्छित फलदायिनी देवीको आस्थालाई इलाम, झापाको दुहागढी लगायतका स्थानले शाखा विस्तार गरेका छन् ।

पाथीभरा मन्दिर दर्शनार्थीका लागि खुला

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर भक्तजनका लागि असोज १ गतेदेखि खुला गरिने भएको छ। कोभिड–१९ सङ्क्रमणका कारण विगत पाँच महिनादेखि पाथीभरामा पूजाआजा, ध्यान तथा प्रार्थना गर्न बन्द गरिएको थियो।

हाल कोभिड–१९ को प्रभाव न्यून हुँदै गएकाले र पाथीभरा दर्शनको यामसमेत सुरु भएकाले असोज १ गतेदेखि खुला गर्ने निर्णय भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ। समितिले आज प्रेस विज्ञप्ति जारी गर्दै आम भक्तजनका लागि स्वास्थ्यका मापदण्ड पालना गर्दै दर्शन, पूजाआजा, ध्यान तथा प्रार्थना गर्न खुला गरिएको जनाएको छ।

कोभिडको जोखिम न्यून भए पनि पूर्णरुपमा नहटेकाले वर्तमान अवस्थामा पाथीभरा आउने तीर्थयात्रीहरुलाई सरकारले लागू गरेका स्वास्थ्यका मापदण्डलाई पूर्णरुपले पालना गर्न अनुरोधसमेत गरिएको छ।

वार्षिक कार्यक्रम 2081

पाथीभरा ताप्लेजुङ जिल्लामा रहेको एक प्रसिद्ध तीर्थस्थल हो । पाथीभरा मन्दिर हिन्दू एवं बौद्धहरूको महत्वपूर्ण धार्मिक स्थल हो । यो ताप्लेजुङ जिल्लाको १२ हजार फिट उचाइमा रहेको छ । विश्‍वास आस्था एवं पवित्रताकी देवी पाथीभराको यो पवित्र स्थल ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङ्गलिङबाट १९.४ कि.मी. पूर्वोत्तरतर्फ ३७९४ मी.को उचाईमा अवस्थित छ । फुङ्लिङ बजारबाट १ दिन पैदल हिँडेर पुगिन्छ । यो मन्दिरमा वर्षभरि भक्तजनहरुको घुइँचो लाग्‍ने गर्दछ । अन्नभरेको पाथीझैं सुन्दर, मनमोहक आकृति बोकेको पाथीभरा पहाडको शिखरमा (टुप्पोमा) देवीको उत्पतिस्थल रहेकोले यी देवीको नाम “पाथीभरा देवी” भनि श्रद्धा एवं भक्तिपूर्वक पुकारिन्छ। ताप्लेजुङ्गका रैथाने लिम्बू समुदायहरू पाथीभरालाई “मुक्‍तुवुङ” भनेर चिन्दछन । लिम्बूभाषामा “मुक्‍तु”को अर्थ शक्ति वा बल, “वुङ”को अर्थ बोट भन्ने जनाउँदछ। अर्थात लिम्बूजातिहरू पाथीभरालाई शक्ति वा बलको श्रोत वा बाटोको रूपमा प्रकट गर्ने गर्दछन । नेपालको पहिलो घामको झुल्को पर्ने जिल्लाको रुपमा परिचित यो सुदूर पूर्वी पहाडी जिल्ला ताप्लेजुङ ऐतिहासिक, धार्मिक र पर्यटकीय दृष्टिकोणले पनि महत्वपूर्ण छ। जिल्लाको सबैभन्दा प्रसिद्ध कञ्चनजंघा र धार्मिक आस्थाकी धरोहर पाथीभरा देवी साक्षत शक्तिपीठ हुन्। वर्षायाम सकिएपछि आन्तरिक र बाह्य पर्यटकको घुँइचो लाग्ने गरेको छ। आफ्नो मनोकांक्षा हुने अभिप्रायले पाथीभरा मन्दिरमा पूजाआजा गर्न नेपालका सबै क्षेत्र तथा भारतको आसाम, दार्जीलिङ र तेस्रो देशका पर्यटकहरु यहाँ आउने गर्दछन ।

वार्षिक कार्यक्रम 2080

वार्षिक कार्यक्रम 2079

पाथीभरा धाममा कसरी जाने ?

पाथीभरा देवीको मन्दिर निक्कै उचाईमा (३७९४ मिटर) रहेकोले यहाँको तापमान हमेशा शून्य (०) को हाराहारीमा झर्ने गर्दछ । अतः तीर्थयात्री तथा पर्यटकहरूले लेकलाग्न (High Altitude Sickness) र न्युनताप (Hypothermia) बाट जोगिन घरेलु उपचारको सामग्री जस्तै तातोपानी, भुटेको मकै, अदुवा, लसुन, गरम खाद्य तथा पेय पदार्थ र न्यानो कपडाहरू साथै लगे झनै वेश हुन्छ । पाथीभरा यात्राको लागि फाल्गुणदेखि कार्तिक महिनासम्मको अवधि उपयुक्त हुन्छ । झापाको बिर्तामोड बाट इलाम-फिदिम- हुँदै २७० किलोमिटर फुङलिङ मेची राजमार्गमा यात्रा गरी फुङलिङबाट सुकेटार – तल्लो फेदी – उपल्लो फेदी हुँदै पैदल हिँडेर पाथीभरा पुग्न सकिन्छ। अन्य मार्गमा धरान बाट धनकुटा-हिले हुँदै कोशी राजमार्गमा एक सय किलोमिटर यात्रा गरी वसन्तपुर बाट गुफापोखरी, गोर्गा दोभान हुँदै पैदल यात्रामा पुग्न सकिन्छ।

जिल्लाको सदरमुकाम फुङ्गलिङ यसरी पुग्न सकिन्छ

हवाई मार्ग

  • काठमाण्डाैं— ताप्लेजुङ (सुकेटार)

सडक मार्ग (२३७ कि.मी.)

  • बिर्तामोड — ताप्लेजुङ (फुङ्गलिङ) ईलाम, फिदिम हुँदै (बस -साधारण र डिलक्स तथा जीप)

पैदल यात्रा

  • (धरान, धनकुटा हुँदै) बसन्तपुर गुफापोखरी — ताप्लेजुङ (फुङ्गलिङ) २ दिन

मन्दिरको व्यवस्थापन
यस मन्दिरको व्यवस्थापन कार्य पाथीभरा क्षेत्र विकास समिति ९गठन० आदेश, २०५३ अन्तरगत गठीत एक समितिले गर्ने गरेको छ। व्यवस्थापन समितिले यात्रुहरूका लागि विश्रामस्थल, कम्बल र खानेपानी आदिको व्यवस्थापन लगायतका कार्य गर्दछ। मन्दिरमा बर्षेनी लाखौं भक्तजनहरूले दर्शन गर्न आउने र तिनले करोड भन्दा बढी रूपैयाँ भेटी चढाउने गरेका छन्।

पाथीभरा देवी उत्पतिस्थल

फेदीबाट लेकाली अङ्गेरी, गोब्रेसल्लो, धुपी, गुराँसको जंगल मालिङोघारीको बाटो हुँदै लगभग २ घण्टा ठाडो उकालो हिंडेपछि तपाईं पाथीभरादेवीको मन्दिर रहेको डाडाँको पश्‍चिमपट्टीको मुखमा फुत्त आईपुग्नुहुन्छ, त्यसबेला तपाईको आगमनको खबर पाएर टक्र्याक टुक्रुक बसेका कुम्भकर्ण हिमाल आफ्नो सम्पूर्ण हिमश्रृंखलाहरू साथैलिई स्वागतको लागि हतारहतार आएझैं भान पर्दछ । कुम्भकर्णको कुमसँग आफ्नो कुम ठोकिएलाकी भनी तपाईं आनायस झस्कनु पनि हुन्छ । जतिसुकै थाके पनि वुरुक्क उफ्रिएर कुम्भकर्णको कुममा चढौंचढौं लाग्दछ । कञ्चनजंघाको भिरालो फाँटहरूमा चिप्लेटी खेल्ने रहर जागेर आउन सक्दछ । साँच्चै नै भन्नुपर्दा यी हिमश्रृंखलाहरूको मगमुग्धकारी अलौकिक दृश्यले सम्मोहित भई तपाईं स्वर्गीय आनन्दको अनुभूतिमा डुब्नुहुन्छ, भावशून्य भएर आफैं(आफैंमा हराउनुहुन्छ ।

सायद तपाईको उत्सुकता पाथीभरा मन्दिर कसरि पुग्ने भन्ने तिर होला, दक्षिणबाट उत्तरतर्फ केही ओह्रालिएर गएको चउरीलो फाँटको ठीक पूर्वपट्टि अत्यन्तै कहालीलाग्दो भीरको शिरानमा सबै श्रद्धालुभक्तजनहरूको मनोकांक्षा पूरा गरिदिने देवी पाथीभराको मन्दिर अवस्थित छ । अब तपाईं देवी पाथीभराको चरणमा उपस्थित हुनुहुन्छ । भनिन्छ — यहाँ रहेको पाथीभरा देवीको नयाँ प्रतिमा नेपाल भरिकै सबैभन्दा अग्लो ९८ु६ू० भगवतिको प्रतिमा हो ।

देवी दर्शन तथा पूजा अर्चना सकिएपछि पाथीभराबाट देखिने हिमश्रृंखलाको अवलोकन गर्न पटक्कै नभुल्नुहोला । यदि केही समय निकाल्न सक्नुहुन्छ भने पाथीभराबाट कञ्चनजंघामा सूर्योदय र सूर्यास्तको अत्यन्तै सुमधुर सुन्दर मोहनीलाग्दो दृश्य हेर्न तथा यसलाई आफ्नो क्यमरामा कैद गर्ने अवसर नगुमानुहोस ।

पाथीभराबाट दृश्यावलोकन गर्न सकिने हिमालहरू

  • कञ्चनजंघा (M) (सेवालुङ) ८५८६ मि.
  • कञ्चनजंघा (C) ८४८२ मि., कुम्भकर्ण (फक्‍ताङलुङ) ७७१० मि.
  • काङबाचेन ७९०३ मि.
  • कञ्चनजंघा (S) ८४७६ मि., मकालु ८४६३ मि.
  • लोत्से ८५१६ मि., नोत्से ७८५५ मि.

उत्पतिसम्बन्धि किम्बदन्ती तथा जनश्रुति

पाथीभरा देवीको उत्पतिसम्बन्धि थुप्रै किम्बदन्ती तथा जनश्रुतिहरू छन । भनिन्छः( परापूर्वकालमा पाथीभरा आसपासका गोठालाहरूले आफ्नो भेडीगोठ पाथीभरामा राखेका थिए । एकदिन अचानक अप्रत्यासित ढंगले देख्दा देख्दै ती गोठका बथानका बथान भेडाहरू अलप भए । त्यस्तो अकल्पनिय घटनाले स्तब्ध तथा हतप्रव भएका गोठालाहरूलाई रातमा देवीले दर्शन दिनु भै आफ्नो उत्पतिस्थल र आकृतिको बोध गराउँदै, भेडा बलिसहित पूजा अर्चना गर्ने निर्देशन दिनुभयो । आत्मवोध प्राप्‍त गोठालाहरूले देवीको आकृति उत्पन्न स्थलमा भक्तिभावपूर्वक पूजा अर्चना गरी सबैभन्दा हृष्‍टपुष्‍ट भेडाको थुम्बा बलि दिए । बलि के दिनु थियो ती हराएका सयकडौं भेडाहरू जस्ताको तस्तै पहिलाकै ठाउँमा देखा परे त्यो भन्दा आश्‍चर्यको कुरा, बलि दिएको भेडाको रगत बलिस्थलमा झर्नासाथ बालुवामा पानी हराए झैं हराउन पुग्यो ।

यो देखेर हर्ष एवं आश्‍चर्य मान्दै गोठालाहरूले देवीको जय जयकार गरे । यहाँ स्मरणीय कुरा के छ भने पाथीभरा देवीलाई दैनिक सयकडौंको संख्यामा भेडा, बोका, पाठीको बलि चढाईन्छ । तर बलिस्थलमै रगत हराएको, सीमित रहेको जो कोही दर्शनार्थीले प्रत्यक्ष अनुभव तथा अवलोकन गर्न सक्दछन । देवीमा चढाईएको बलि संख्यालाई दृष्‍टिगत गर्दा यहाँ रगतको पोखरी जम्नु पर्थ्यो तर त्यसो हुँदैन । यसैकारण पनि रक्तकाली देवी पाथीभराले भक्तजनहरूले चढाएको बलि स्‍नेहपूर्वक ग्रहण गर्छिन् भन्‍ने जनधारणा रहि आएको छ । आज पाथीभरा देवीको महिमा, देवीप्रतिको आस्था एवं विश्‍वासले गाँउ, जिल्ला र देशको सीमा नाघ्दै विदेशसम्म पुगेको छ। जसको परिणामस्वरूप हजारौंको संख्यामा श्रद्धालु भक्तजनहरू देश तथा विदेशबाट देवीदर्शनको निम्ति आउने क्रम जारी छ ।

पाथीभराकाे परिचय

पाथीभरा (लिम्बु भाषामा – मुकुम् लुङ, fast form: मुकुम्लुङ, अर्थ : १) मुक = मानसिक र शारिरिक शक्ती; २) मुकुम्म = अग्नी ज्वाला, सर्वशक्तीमान, शक्तीको देवता, रण देवता, थेबा या थेवासाम देवताको अर्को नाम; ३) लुङ= ढुङगा, ढुंगाको मूर्ती या प्रतीमा, केन्द्र; ४) मुकुम्लुङ=सर्वशक्तीमान देवाताको प्रतिमा या सर्वशक्तीमान देवताको केन्द्र या मठ ) ताप्लेजुङ जिल्लामा रहेको एक प्रसिद्ध तीर्थस्थल हो । पाथीभरा लिम्बु जातिको आराध्या देवताको थान हो जसलाई हिन्दू एवं बौद्धहरूले समेत पुज्ने महत्त्वपूर्ण धार्मिक स्थल हो । यो ताप्लेजुङ जिल्लाको १२ हजार फिट उचाइमा रहेको छ । विश्‍वास आस्था एवं पवित्रताकी देवी पाथीभराको यो पवित्र स्थल ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङ्गलिङबाट १९.४ कि.मी. पूर्वोत्तरतर्फ ३७९४ मी.को उचाईमा अवस्थित छ । यहाँ फुङ्लिङ बजारबाट १ दिन पैदल हिँडेर पुगिन्छ । यो मन्दिरमा वर्षभरि भक्तजनहरूको घुइँचो लाग्‍ने गर्दछ । अन्नभरेको पाथीझैं सुन्दर, मनमोहक आकृति बोकेको पाथीभरा पहाडको शिखरमा (टुप्पोमा) देवीको उत्पतिस्थल रहेकोले यी देवीको नाम “पाथीभरा देवी” भनि श्रद्धा एवं भक्तिपूर्वक पुकारिन्छ। ताप्लेजुङ्गका रैथाने लिम्बू समुदायहरू पाथीभरालाई ” मुकुम्लुङ ” भनेर चिन्दछन । लिम्बू भाषामा “मुकुुम”को अर्थ शक्ति वा बल, “लुङ”को अर्थ ढुंगाको मूर्ती या प्रतीमा भन्ने जनाउँदछ। अर्थात लिम्बु जातिहरू पाथीभरालाई शक्ति वा बलको श्रोत वा बाटोको रूपमा प्रकट गर्ने गर्दछन ।